निमोनियाबाट वडाध्यक्ष रिजालको निधन
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा विनोद विजुक्छेले…
सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार