आज मन्त्रीहरुले सांसदको मौखिम प्रश्नको जवाफ दिने
काठमाडौं । आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । आजको बैठकमा सांसदहरुको प्रश्नमा मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ । कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरुले जवाफ दिने आजको कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ…
सम्पत्ती न्यूज
८ श्रावण २०८१, मंगलवार