image

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।​   लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको क्रममा उनले धरौटी रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग सो रकम लिएको पुष्टि भएको…

सम्पत्ती न्यूज
१९ चैत्र २०८०, सोमबार