नबिल बैंकको न्यूरोड शाखा हटाउन: बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन दिएका छन् । अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेकोले त्यसलाई पनि हटाउन निर्देशन दिएका हुन् ।
सम्पत्ती न्यूज
८ भाद्र २०७९, बुधबार