चितवनमा सवारी दुर्घटना, एक भारतीय नागरिकको मृत्यु
चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतिहारीका ३५ वर्षीय गौरी दास रहेका छन् । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । गएराति पौने तीन बजे तिर ग १ ख ८५२४ नम्बरको बसना रायणगढ-मुग्लिन सडकको जलबिरेमा दुर्घटना भएकाे हाे ।
सम्पत्ती न्यूज
४ चैत्र २०८०, आईतवार