द्रूत मार्ग सडक आयोजनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी
काठमाडौँ । काठमाडौं-तराई द्रूतमार्ग सडक आयोजनाले वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी मागेको छ। बोट बिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सेनाले जनाएको छ। सामान्य शारीरिक जाँच तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने सेनाले जनाएको छ। आवेदन दिनका लागि जंगी अड्डा वा सडक निर्माण कार्यालय बेसक्याम्प निजगढमा दरखास्त पेस गर्नुपर्नेछ।
सम्पत्ती न्यूज
१५ माघ २०८०, सोमबार