गौतमले लिए राष्ट्रिय सभा सदस्यको सपथ
काठमाडौ । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
सम्पत्ती न्यूज
१ आश्विन २०७७, बिहीबार