काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले शीर्ष दलका नेताहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेको भन्दै कडा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहिबारको बैठकमा उनले सत्ता स्वार्थका लागि मिल्नेहरुले शान्ति प्रक्रियालाई पूर्णता दिने र पीडितलाई न्याय दिने काममा मिल्न कस्ले रोक्यो भन्ने प्रश्न उठाए । उनले भने ‘शान्ति प्रक्रियाको कुरा चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका…