संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त भए पाण्डे
काठमाडौं- पद्मप्रसाद पाण्डे संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त भएका छन्। उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्। सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २ को खण्ड (ढ) तथा राष्ट्रिय सभा नियमावली २०७९ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई संसदको कार्यवाहक महासचिव तोकिएको हो। सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त…
सम्पत्ती न्यूज
२७ मंसिर २०८०, बुधबार