काठमाडौँमा विज्ञापनजन्य सामग्री बाँड्नेलाई महानगले गर्यो कारबाही
काठमाडौं : काठमाडौं महानगरपालिकाले परीक्षा केन्द्र भएको क्याम्पस अगाडि विज्ञापनका पर्चा बाँड्ने ६१ जनालाई नियन्त्रणमा लिएको छ। पर्चा बाँड्ने कलेजका विद्यार्थी,इन्ष्टिच्युट र विभिन्न कम्पनीका कर्मचारीहरू पक्राउ परेको महानगर प्रहरीले जनाएको छ। पटक पटक सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको महानगरले जनाएको छ । महानगरका अनुसार पहिलो पटक कारबाही गर्न लागिएको संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
सम्पत्ती न्यूज
२९ बैशाख २०८०, शुक्रबार