यातायातका कार्यालय सहयोगी पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेलले सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले बुधबार अदालतमा मुद्दा दर्ता गरेको हो। सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने र लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भन्दै…
सम्पत्ती न्यूज
२३ श्रावण २०८२, बिहीबार