नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस- उपप्रमुखमा जसपा विजयी
काठमाडौं - नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराउनुभयो । उहाँ २३ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको छ । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाउनुभएको छ । उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी हुनुभयो…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार