बंगलादेशबाट करिव १३ सय विद्यार्थी नेपाल फर्किए
काठमाडौं । बंगलादेशमा भइरहेको आन्दोलनका कारण सोमबारसम्ममा १३ सय बढी विद्यार्थी नेपाल फर्कीएका छन् । सोमबार १२६ जना विद्यार्थी स्वदेश पर्कीएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएका छन् । बंगलादेशमा सरकारी कोटाका विरोधमा आन्दोलन चर्किएको छ । आन्दोलनमा १५० बढीको मृत्यु पनि भइसकेको छ ।
सम्पत्ती न्यूज
८ श्रावण २०८१, मंगलवार