देउवाले बोलाए शीर्ष नेताहरूको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे देउवा निवास बूढानीलकण्ठमै बैठक बोलाइएको हो । बैठकमा भ्रातृ संस्थाको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यसअघि देउवाले आज महामन्त्री गगन थापासँग छलफल गरेका थिए । बैठकमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिलाई खारेज गर्ने कि फेरि म्याद…
सम्पत्ती न्यूज
९ जेष्ठ २०८२, बिहीबार