आज भाइटीका, उत्तम साइत ११:३९ बजे
काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका पर्व धुमधामका साथ मनाइँदैछ। आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड…
सम्पत्ती न्यूज
७ कार्तिक २०८२, बिहीबार