काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन व्यवस्थातर्फ जोड्न खोजिएको बताउनुभएको छ । कृषि उत्पादन व्यवस्थातर्फ किसानलाई लैजानका लागि विभिन्न पाँच नीतिगत आधार प्रस्तुत गर्नुहुँदै मन्त्री भुसालले त्यस्ता आधारको प्रस्थानविन्दु र गन्तव्य किसान नै रहने उल्लेख गर्नुभयो । नीतिगत आधारहरुको कार्यान्वयन र अभ्यासको नेतृत्व संघ, प्रदेश र स्थानीय सरकारहरुको सहअस्तित्व, सहकार्य र…