काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त छलफल हुन लागेको हो । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन आजको बैठक आह्वान गरेको सचिवालयले जनाएको छ । बैठकमा देशको वर्तमान अवस्था, संसदीय निर्वाचन र प्रदेशको अवस्थाबारे…