जगदुल्ला ठेक्का प्रकरणमा उर्जामन्त्री खड्काको कुनै संलग्नता नरहेको स्पष्टोक्ति
काठमाण्डू, जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ । उर्जामन्त्री खड्काका स्वकीय उपसचिव भुपालमान बस्नेतले आज एक विज्ञप्ती जारी गरी डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले उर्जामन्त्री खड्कालाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘जगदुल्ला…
सम्पत्ती न्यूज
२४ पुष २०८१, बुधबार