बिहीबारबाट प्रस्तावित राजदूतहरुको सुनुवाई हुने
काठमाडौं । विहीबारबाट प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रकृया सुरु हुने भएको छ । सिंहदरबारमा आज बसेको सुनुवाई समितिको बैठकले विभिन्न १७ देशका लागि प्रस्तावित राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गते विहिबारबाट सुरु गर्ने निणर्य गरेको हो । समितिले भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सुनुवाई सम्पन्न गर्ने कार्ययोजना पारित गरेको छ ।
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार