स्याङ्जा। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भविष्य बनाउन, देशको रक्षा, ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको सरकारबाट मात्रै सम्भव रहेकाले मंसिर ४ पछि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो । स्याङ्जा सदरमुकामस्थित टुँडिखेलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । “देशको भविष्य उज्यालोतर्फ लैजाने कि अँध्यारोतर्फ भन्ने फैसला…