पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ । दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ । विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ ।…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०७८, शुक्रबार