बडादसैँको आठौँ दिन, आज महागौरीको पूजा, शक्ति आराधनाको विशेष दिन
काठमाडौं । नवरात्रको आठौँ दिन आज देवी महागौरीको पूजा–आराधना विधिपूर्वक गरिँदैछ। दुर्गाको आठौँ स्वरूप मानिने महागौरीलाई अमोघ शक्ति भएकी देवीका रूपमा पूजा गरिन्छ। सेतो पहिरन, वृषवाहन र चार हातमा विभिन्न अस्त्र शस्त्रसहित शान्त मुद्रामा देखिने यी देवीको आराधनाले भक्तका पाप नाश हुने विश्वास गरिन्छ। शास्त्रअनुसार, महागौरीले आठ वर्षको उमेरमै भगवान् शिवलाई पति पाउने संकल्पसहित कठोर तपस्या गरेकी थिइन्। तपस्यापछि शिवले…
सम्पत्ती न्यूज
१४ आश्विन २०८२, मंगलवार