हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा पाण्डे नियुक्त
काठमाडौँ-मन्त्रिपरिषद् बैठकले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डेलाई नियुक्त गरेको छ । दाङका पाण्डेलाई प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि गरेको दरखास्त आह्वान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
सम्पत्ती न्यूज
२५ चैत्र २०७८, शुक्रबार