महानगरीय ट्राफिक प्रहरी महाशाखाका सिल
काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ। गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो। महाशाखा प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए। ढकालले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा…
सम्पत्ती न्यूज
१८ श्रावण २०७७, आईतवार