पहिरोमा परेर मृत्यु भएका जम्ल्याहा रानाको परिवारलाई नगरपालिकाले ५० हजार दियो
काठमाडौँ । मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका ३ वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई टोखा नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ। टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले बताए। नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद्…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार