स्कटल्याण्डमाथि नेपाली स्पिनर हावी हुँदै
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत अहिले जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपाली स्पिनरहरु चम्केका छन् । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि स्कटल्याण्ड थप दवावमा परेको छ । सन्दीपले २२ रन बनाएर खेलिरहेका ब्रान्डन म्याकमुलनलाई कुशल मल्लको हातबाट क्याच गराएपछि स्कटल्यान्डले ११३ रनमै ६ विकेट गुमाएको छ । स्पिनरलाई सहयोग गरिरहेको पीचमा स्कटिस ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका…
सम्पत्ती न्यूज
५ फाल्गुन २०७९, शुक्रबार