पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खानलाई आज इस्लामावाद उच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो । तर, खानलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । तेहरिक–ए–इन्साफ (पीटीआई) का उपप्रमुख फवादले ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडिबाट पक्राउ गरेको जनाएका छन् ।
सम्पत्ती न्यूज
२६ बैशाख २०८०, मंगलवार