प्रधानमन्त्रीद्वारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ । प्रचण्डले तीन जना उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन्…
सम्पत्ती न्यूज
११ पुष २०७९, सोमबार