कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो…
सम्पत्ती न्यूज
२८ आश्विन २०८०, आईतवार