माओवादी संसदीय दलको बैठक बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ। प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा शक्रबार सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ। सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ।
सम्पत्ती न्यूज
१७ माघ २०८१, बिहीबार