त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । बुधबार बिहान करिब ११ बजे पोखराबाट आएको आएको सौर्य एयरको जहाज अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिए । दुर्घटनाका कारण विमानमा आगो लागेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार