बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित
काठमाडौँ-नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो । उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक हुनुहुन्थ्यो । पार्टीबाट…
सम्पत्ती न्यूज
२२ बैशाख २०७९, बिहीबार