पहिरोले अर्घाखाँचीमा एक युवकको मृत्यु
काठमाडौं । पहिरोले गोठ पुरिँदा एक युवकको ज्यान गएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका– १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिरो खस्न थालेपछि गाईवस्तु फुकाउन गोठमा पसेका थापालाई पहिरोले पुरेको थियो ।
सम्पत्ती न्यूज
४ भाद्र २०८१, मंगलवार