दुर्गा प्रसाईँ वीर अस्पताल भर्ना
काठमाडौं । साइवर अपराधमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाई वीर अस्पताल भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ ।
सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार