नालन्दा टेलिभिजनले साहित्यिक कार्यक्रम ‘शब्द चौतारी’ शुरु गर्दै
काठमाडौं । नालन्दा टेलिभिजनले पहिलो प्रस्तुतीका रुपमा साहित्यिक कार्यक्रमको शुरुवात गरेको छ । टेलिभिजनले ‘शब्द चौतारी’ नामक साहित्यिक कार्यक्रम चैत्र ६ गते बिहीवारबाट शुरु गर्न लागेको हो । यस पटकको पहिलो साहित्यिक संवाद साहित्यकार प्रभा भट्टराई आचार्यसँग गरिने भएको छ । कार्यक्रम पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको साथमा हेर्न सकिनेछ ।
सम्पत्ती न्यूज
५ चैत्र २०७६, बुधबार