दरबारमार्ग स्थित टुकुचा नदीमाथि रहेको उक्त सडक भासियो
काठमाडौं । दरबारमार्गस्थित महेन्द्र शालिकबाट काठमाडौं महानगरपालिकाको कार्यालय जाने बाटोमा सडक भासिएको हो । गएराति सडक भासिएपछि अहिले आवागमन बन्द भएको छ । काठमाडौं महानगरपालिका नगर प्रहरीका अनुसार टुकुचा नदीमाथि रहेको उक्त सडक भासिएको हो ।
सम्पत्ती न्यूज
२५ श्रावण २०८१, शुक्रबार