उपेन्द्र यादव नेतृत्वको जसपाको केन्द्रीय समिति बैठक आजबाट
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा( नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। उनका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ…
सम्पत्ती न्यूज
२७ श्रावण २०८१, आईतवार