राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा आफ्नो पहिचान र पहिरन लगाउन मिल्ने
काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ । यसअघि सिन्दूर, टीका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो । विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा…
सम्पत्ती न्यूज
१७ श्रावण २०८१, बिहीबार