कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू हुने, शिक्षा मन्त्रालयको निर्णय
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरू गर्ने निर्णय गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विगतको तुलनामा छिटो सार्वजनिक भएपछि मन्त्रालयले पठनपाठनको तालिका पनि अगाडि सारेको हो। मन्त्रालयको निर्णयअनुसार देशभरका विद्यालय र स्थानीय तहहरूमा यसबारे जानकारी गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइएको शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले…
सम्पत्ती न्यूज
७ जेष्ठ २०८३, बिहीबार