कास्कीमा छोरी बलात्कार गर्ने बुवा पक्राउ
काठमाडौँ। कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय बुवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका–२६ बस्ने ती व्यक्तिले छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार