एजेन्सी-भारतमा आजदेखि अहिलेसम्मकै धेरै साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ । भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने योजना बनाएको छ । यसअघि, कोल इन्डियाले एक खर्ब ५० अर्ब भारतीय रुपैयाँ (१५ हजार करोड भारू) र रिलायन्स पावरले…