काठमाण्डू, देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये अझै २ सय ३५ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कलैया, धरान, धनगढी, इटहरी, जनकपुर, हेटौँडा, बुटवल, नेपालगञ्ज उपमहानगरपालिकामध्ये इटहरीबाहेक अन्य सबैमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत रिक्त नराख्ने नीति लिए…