काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्यापेकी विनु यादव पक्राउ परेकी छिन् । उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।…