वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको छ । शुक्रबार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो । शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द हुनेछैन् । वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो…
सम्पत्ती न्यूज
२२ भाद्र २०८०, शुक्रबार