आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु, दुई घाइते
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको हो । मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् ।…
सम्पत्ती न्यूज
२० पुष २०७९, बुधबार