एक युवकमाथि गोली प्रहार
रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएको छ। घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएको प्रहरीले जनाएका छन् ।मोटरसाइकल सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले हिजो राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेर त्यहां बाट फरार भएको प्रहरीले जनाएको छ…
सम्पत्ती न्यूज
३० श्रावण २०७९, सोमबार