कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो । कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी
सम्पत्ती न्यूज
२७ फाल्गुन २०७८, शुक्रबार