एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय (आलोकनगर) मा बिहान ११ बजे बस्नेछ। बैठकमा अध्यक्ष माधव नेपालले खेपिरहेको पतञ्जलि जग्गा प्रकरण मुद्दा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सम्पत्ती न्यूज
१९ असार २०८२, बिहीबार