कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंहबीच भेटवार्ता
भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएका छन् । मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो । सोह्र वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौँ, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिनुभएको छ ।…
सम्पत्ती न्यूज
२२ श्रावण २०७९, आईतवार