आज कांग्रेसले एकसाथ ७७ जिल्लामा विरोध प्रदर्शन गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आज एकसाथ ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्न लागेको हो ।यस्तै भ्रष्टाचार, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको कमजोर प्रयासको विरोधमा पनि प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबारको प्रदर्शन रातो प्रतिगमन’ विरूद्ध हुने बताएका छन् ।
सम्पत्ती न्यूज
१९ माघ २०७७, सोमबार